Logo

किशोरीलाई होटेलमा लगेर बलात्कार गरेपछि…



भोजपुर, १७ माघ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । राम प्रसाद राई गाउँपालिका–३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पदमले ती किशोरीलाई भोजपुर नगरपालिका–७ नयाँ बसपार्कस्थित होटेलमा शुक्रबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot