Logo

पूर्वकर्मचारीले लगाएको ताला प्रहरीले तोडेपछि नाराबाजी



जनकपुरधाम, १७ माघ । नेपाल रेल्वे कार्यालयमा लगाइएको ताला प्रहरीले तोडेको छ । कुनै प्रक्रिया पूरा नगरी सुटुक्क कर्मचारी भर्ना गरिएको भन्दै हटाउनुपर्ने माग राखेर जनकपुरधामस्थित कार्यालयमा पुर्वकर्मचारीहरूले लगाएको ताला प्रहरीले तोडेको हो ।

पूर्वकर्मचारीहरूले माघ १३ देखि रेल्वे कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्दै आएका छन् । प्रहरीबाट कार्यालयको ताला तोडेपछि आन्दोलित पूर्वकर्मचारीहरूले प्रशासनविरूद्ध नाराबाजी गरिरहेका छन् ।

तत्कालीन रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई हटाएर प्रक्रियाबिनै ६० जना नयाँ कर्मचारी नियुक्त गरेको उनीहरुले आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्