Logo

एमसीसीबारे देउवा, प्रचण्ड र नेपालबिच छलफल, प्रचण्डले राखे संशोधन प्रस्ताव



काठमाडौं, १७ माघ । सत्तारुढ दलका तीन शीर्ष नेताहरुबीच सोमबार भेटवार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवासँग एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल गरेका हुन् । यसै क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेको सचिवालयले जनाएको छ ।

गठबन्धन दलकै शीर्ष नेताहरूबीच एमसीसीबारे फरक–फरक धारणा सार्वजनिक हुँदै आएको छ । अर्कोतिर अमेरिकाले पनि नेपालले १ फेब्रअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे यो कार्यक्रम नै फिर्ता लैजाने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्