Logo

रुससँग लड्न युक्रेनी जनताले काठको बन्दूक लिएर अभ्यास गर्दै



एजेन्सी, १७ माघ। युक्रेनी सर्वसाधारणहरूको एक समूहले रुसबाट हुने आक्रमण रोक्नका लागि भन्दै काठको बन्दूक लिएर अभ्यास गरेका छन् । टेरिटोरियल डिफेन्स फोर्सेस नामक समूहले राजधानी किएभ नजिक बन्द भएको एक कारखानामा युद्धाभ्यास गरेका हुन् ।

माइनस ६ डिग्री सेल्सियसमा भेला भएका मानिसहरूले काठबाट बनेको बन्दूकको प्रतिरूप र न्यानो कपडा लगाएर अभ्यास गरेका हुन् ।उनीहरूले कालाश्निकोभ असल्ट राइफलको काठे प्रतिरूप देखाउँदै फायरिङ पोजिसनको अभ्यास गरेका थिए ।

नतालिया नामक ४३ वर्षीया महिलाले भनिन्, ‘मसँग हतियार छैन र सैन्य पोशाक पनि छैन । तर, उनीहरू आउँदैछन् । खतराका बारेमा मलाई जानकारी छ । यो ठूलो जोखिम हो तर म देश र परिवारलाई रक्षा गर्न जुनसुकै काम गर्न पनि तयार छु । हामीमाथि आक्रमण भएमा हत्या गर्न पनि म तयार छु ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्