Logo

पाकिस्तानमा चर्चमा प्राथना गरेर फर्किरहेका पादरीमाथि गोली हानी हत्या



एजेन्सी, १७ माघ। पाकिस्तानस्थित रहेको एक चर्चमा प्राथना गरेर फर्किरहेका पादरी (ईसाई धर्मगुरु) माथि गोली हानी हत्या गरिएको छ । पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरमा हिजो (आइतबार) प्राथना गरेर फर्किरहेका पादरीमाथि अज्ञात समुहले गोली हानी हत्या गरेको त्यहाँका प्रहरीको भनाइलाई उदृत गर्दै संचार माध्यमहरुले लेखेका हुन् ।

बन्दुकधारीहरुले ७५ वर्षीय पादरी विलियम सिरजको गोली हानी हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । उक्त घटनापछि स्थानीय प्रहरीले सूचना र सिसि टिभीको आधारमा छानविन सुरु गरेको थियो । यद्यपि, हमलाकारहरुबारे हालसम्म कुनै जानकारी नमिलेको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी हालसम्म कुनैपनि समूहले नलिएको बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उक्त घटनाको निन्दा गरेका छन् । सन् २०१७ को जनगणनाअनुसार ईसाई पाकिस्तानको सबैभन्दा दोस्रो ठूलो धार्मिक अल्पसंख्यक समुदाय हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot