Logo

ललितपुरमा विद्यार्थी लक्षित फाइजर खोपको दोस्रो मात्रा माघ २० गतेदेखि



ललितपुर, १७ माघ । ललितपुर स्वास्थ्य कार्यालयले फाइजर खोप अभियान माघ २० गतेबाट सञ्चालन गर्ने भएको छ । माघ २४ गतेबाट शुरु गर्ने भनिएको १२–१७ उमेर समूहका विद्यार्थी लक्षित अभियान २० गतेदेखि नै शुरु गर्न लागेको हो ।

माइनस ६० डिग्रीको चिस्यानमा ३१ दिनसम्म मात्र राख्नुपर्ने सो खोपको चिस्यान अवधि सकिनै लागेकोले २४ गते अगावै अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फाइजर खोप २१ देखि २८ दिनभित्र लगाउन सकिन्छ । महानगरपालिकाले २० र महालक्ष्मी नगरपालिकाले २१ गतेबाट दोस्रो मात्राको फाइजर खोप अभियान शुरु गर्न भएको हो । ललितपुर जिल्लाले २० देखि २५ गतेसम्म अभियान सञ्चालन गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्