Logo

रुसमा १ लाख २४ हजार भन्दा बढी नयाँ सङ्क्रमित थप, ६२१ को मृत्यु



मस्को [रुस], १७ माघ: रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जना कोभिड-१९ बाट संक्रमित भएका छन् ।

साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित मध्ये ९ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो ।

सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १ सय ३० जना सङ्क्रमित बिरामी डिस्चार्ज भएको प्रतिक्रिया केन्द्रले जनाएको छ ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्