काठमाडौं, १७ माघ । राष्ट्रपति विद्यादेवि भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन बुझाएको छ ।
आयोगले गत १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको हो ।
राष्ट्रपति कार्यालयको अनुसार आयोगले निर्वाचनको परिणामसँगै वार्षिक प्रतिवेदन पनि बुझाएको छ ।