काठमाडौं, १७ माघ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा १७ जना दाबेदार देखिएका छन् । उनीहरुले कार्यकारी निर्देशकका लागि आवेदन दिएका हुन् । उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त निवेदन दिनेहरुको नाम सार्वजनिक गरेको हो ।
आवेदन दिनेहरुमा उमेश प्रसाद थानी, भूपेन्द्रप्रसाद अर्याल, सञ्जयकुमार, जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, चण्डिका प्रसाद भट्ट, पंकजकुमार दास र हरिवंश आचार्य छन् ।
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेलको ४ वर्षे कार्यकाल सकिएपछि दरखास्त आव्हान गरिएको थियो । २५ पौषमा सूचना प्रकाशित गरी २१ दिनभित्र आवेदन दिन भनिएकोमा १६ माघसम्म १७ जना प्रतिष्पर्धी देखिएका छन् ।
आवेदन दिनेहरुमध्ये अधिकांश नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपासँग नजिक पूर्वकर्मचारी, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्टहरु छन् ।