काठमाडौं, १७ माघ । इन्टरनेट एवं नेटवर्क सेवा प्रदायक क्लासिक टेकले आफ्ना ग्राहकलाई डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क वितरण गर्ने भएको छ । कम्पनीले सिंगल ब्यान्ड राउटर प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रुपमा डुअल ब्यान्ड राउटर प्रदान गर्न लागेको हो । यसअन्तर्गत कुनै अतिरिक्त शुल्क बिनै ग्राहकले राउटर अपग्रेड गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
क्लासिक टेकले ग्राहकलाई राउटर र फाइबर आफैंले नचलाउन अनुरोध गरेको छ । ‘राउटर रिप्लेस गर्नका लागि कम्पनीको स्मार्ट इन्स्टलेसन टिमले ग्राहकको घरमा गएर सित्तैमा डुअल ब्याण्ड ५ गिगाहर्ज राउटर अपग्रेड गरिदिने छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डुअल ब्याण्ड राउटरका कारण कम्पनीले दिएको उच्च गतिको स्पिड ग्राहकले वास्तविक रूपमा अनुभव गर्न पाउने कम्पनीको भनाइ छ । यसबाट अनलाइन क्लास, गेमिङ, डाउलेड, भिडिअ कलमा निकै सुधार आउने अपेक्षा गरिएको छ । राउटर र फाइबरजस्तो उपकरण जटिल भएको हुनाले सोको रिप्लेसमेन्ट कम्पनीले गर्ने क्लासिक टेकले जनाएको छ ।
यसैबीच कम्पनीले ‘द बिग अफर, सबै सित्तैमा’ नामक रिचार्ज अफर ल्याएकाे छ । यसअन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई डिस्काउन्ट, बोनसका साथै ५ गिगाहर्ज डुअल ब्याण्ड राउटर सित्तैमा एकमुस्ट प्रदान गर्नेछ ।
यस्तो छुटसहितको बिग अफर नेपालमै पहिलो पटक ल्याएकाे कम्पनीको दाबी छ । अफरमा सहभागी हुने ग्राहकले १६ हजार ७२० रुपैयाँसम्म बचत गर्नसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकले हरेक प्याकेजमा १५ प्रतिशत नगद छुट, ६ महिना बोनस (३ महिना इन्टरनेट र ३ महिना आईपीटिभी) र निःशुल्क ५ गिगाहर्ज डुअल ब्याण्ड राउटर पाउनेछन् ।