Logo

अनेरास्ववियुका कार्यकर्ताद्वारा मन्त्री निवास अगाडि प्रदर्शन, मन्त्रीलाई कालो झण्डा



काठमाडौं, माघ १८ । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचनको मिति घोषणा गर्न माग गर्दै पुल्चोकस्थित मन्त्री निवासअगाडि प्रदर्शन गरेका छन् ।

अनेरास्ववियुका कार्यकर्ताहरु विहानै पुल्चोकमा भेला भएर स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दबाब दिएका छन् । प्रमुख प्रतिपक्ष एमालेको भातृ संगठन अनेरास्ववियुले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न मा गर्दै आएको छ ।

अनेरास्ववियुका कार्यकर्ताले पुल्चोकस्थित क्वाटरबाट कार्यालय जान लागेका सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई कालो झण्डासमेत देखाएका देखाएका छन् ।



प्रतिक्रिया दिनुहोस्