Logo

डम्बर खतिवडाको प्रश्न : अविलम्ब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा किन नजाने ?



काडमाडौं, १८ माघ । जनता समाजवादी पार्टी, नेपालका नेता डम्बर खतिवडाले संसद् निरन्तर अवरुद्ध भएको विषयमा असहमति जनाएका छन् । खतिवडाले संसद् कसैको स्वार्थमा सजिलै स्थगन् हुनसक्ने हो भने संसद् र संसदीय व्यवस्था किन चाहियो ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–”संसद निरन्तर अवरुद्घ हुने,कुनै प्रस्ताव पेश गर्न,छलफल र पासफेल गर्न नपाईने,कसैका स्वार्थमा सजिलै स्थगन हुन सक्ने हाे भने याे संसद र संसदीय व्यवस्था किन चाहियाे?तलबभत्ता खान मात्रै?यस्तै हाे भने अबिलम्ब याे प्रणाली खारेज गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा किन नजाने?”



प्रतिक्रिया दिनुहोस्

Screenshot