Logo

बेपत्ता भएको जापानको ‘एअर सेल्फ डिफेन्स फोर्स एफ १५’ लडाकु विमानको खोजी कार्य जारीे



एजेन्सी, १८ माघ। हिजो (सोमबार) बेपत्ता भएको जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारीे छ ।

जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारको सम्पर्क बाहिर रहेको छ । ५ किलोमिटर उडेपछि जापान सागरमाथिबाट विमानको सम्पर्क टुटेको थियो । विमानमा २ जना चालक दलका सदस्य थिए । यो विमान प्रशिक्षणका लागि प्रयोग गरिएको थियो ।

विमान दुर्घटना भएको अनुमान गरिए पनि आधिकारिक जानकारी भने आएको छैन । खोजी कार्यका क्रममा विमानको राडारसँग सम्पर्क टुटेको क्षेत्रमा केही तैरिरहेको वस्तु फेला परेको बताइएको छ । विज्ञहरुको टोली खोजीमा जुटेका छन् ।

यो लडाकु विमान स्क्वाड्रनको हो, जसले रणनीतिक उडान प्रशिक्षणको क्रममा दुश्मनको विमानको रूपमा काम गर्दछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्