Logo

स्वावलम्बन लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, १८ माघ । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।

संस्थाको एक लाख ६२ हजार ४ सय ९८ कित्ता सेयर माघ ५ गते बुधबारबाट लिलाम गरि बिक्री खुल्ला गरिएको थियो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले न्युनतम एक हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot