Logo

अजोड इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ६ गते हुने, बुक क्लोज कहिले ?



काठमाडौं, १८ माघ । अजोड इन्सुरेन्सले फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

भर्चुअल माध्यम मार्फत हुने सभा त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।

आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

अजोडले माघ २४ गते बुक क्लोज गर्नेछ । माघ २३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् । तर, संस्थाको लाभांश वितरण प्रस्ताव भने छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot