Logo

भारतले ‘डिजिटल करेन्सी’ ल्याउदै, यसैवर्ष प्रचलनमा आउने



काठमाडौं, १८ माघ । भारत सरकारले आफ्नै ‘डिजिटल करेन्सी’ प्रचलनमा ल्याउने भएको छ ।

क्रिप्टोकरेन्सीले विश्व अर्थतन्त्रलाई पछ्याइरहेको समयमा भारतले आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउने घोषणा गरेको हो ।

आगामी आर्थिक वर्ष सन् २०२२÷२३ को बजेट घोषणा गर्दै केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यसै वर्ष डिजिटल करेन्सी प्रचलनमा ल्याउने घोषणा गरेकी हुन् ।

भारतको रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले गत वर्षदेखि डिजिटल करेन्सी बनाउने तयारी थालेको थियो । तस्विरः एएनआई



प्रतिक्रिया दिनुहोस्