Logo

एमसीसी पारित हुने बताउँदै देउवाले भनेः जेठ ४ मा स्थानीय चुनाव हुन्छ



काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित हुने बताएका छन् । उनले एमसीसी पनि पारित हुने र चुनाव पनि समयमै हुने बताएका हुन् ।

देउवाले एमसीसी पारित गरेपछि चुनावको मिति घोषणा गर्ने संकेत समेत गरेका छन् । आज बागमती प्रदेश नेपाली कााग्रेसका पदाधिकारीहरुसँगको भेटमा देउवाले मिति तोकेरै भने,‘जेठ ४ मा स्थानीय तहको चुनाव हुन्छ ।’

देउवाले एमसीसी पति पारिन हुनेमा ढुक्क हुन भनेको भेटमा सहभागी एक नेताले बताए । देउवाको भनाई उदृत गर्दै ती नेताले भने,‘एमसीसी पनि पारिन हुन्छ ।’

देउवाले चुनावको तयारीमा लागिहाल्न समेत भनेका थिए । चुनावमा काँग्रेसलाई विजयी बनाउनुपर्ने भन्दै आफूले सबैलाई मिलाएर लाने बताए । देउवाले तीनै तहको चुनाव समयमै हुने स्पष्ट पारेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्