Logo

४ जेठमा स्थानीय चुनाव हुने



काठमाडौं, १८ माघ । सरकारले ४ जेठ २०७९ मा स्थानीय तहको चुनाव गर्ने गरी मिति तोक्ने तयारी गरेको छ । मिति तोक्ने निर्णयका साथ प्रधानमन्त्री शेरबहादुर देउवा तयारी अवस्थामा छन् ।

देउवाले आज नेपाली काँग्रेस बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा ४ जेठमा चुनाव हुने भन्दै तयारीमा रहन भनेका छन् । ५ जेठ २०७९ मा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले उक्त मिति भित्र चुनाव गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । देउवाले संविधान अनुसार नै चुनावको मिति तोक्ने निर्णय लिन लागेको बुझिएको छ ।

यसअघि सत्ता गठबन्धनले पनि चुनाव संविधान अनुसार तोक्न सुझाएका थिए । तर, देउवाले एमसीसी पारित भएपछि मात्र चुनावको मिति घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

एमसीसी अबको १० दिनभित्रै पारित गर्ने लक्ष्यका साथ देउवा बढिसकेका छन् । १०० दिनको समयसीमा राखेर चुनावको मिति घोषणा गरिहाल्न निर्वाचन आयोगले आग्रह गर्दै आएको छ । त्यही समयसीमा राखेर देउवाले तयारी थालेका छन् । विश्वस्त स्रोतका अनुसार देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई चुनावको तयारी गर्न सन्देश पठाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot