Logo

प्रधानमन्त्री देउवाले भने–स्थानीय तहको निर्वाचन जेठ ४ गते हुन्छ



काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठको ४ गते नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । हिजो (सोमबार) साँझ कांग्रेसका बागमती प्रदेश समिति सभापति एवम् बाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा बालुवाटार पुगेका नेताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको लागि मिति घोषणा गर्न लागेको भन्दै निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवासँगको भेटमा सहभागी नेता ईन्द्र बानियाँले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार प्रधानमन्त्री देउवाले आगामी जेठको ४ गते नै निर्वाचन गराउनेगरि आफू अघि बढेको भन्ने धारण राखेका थिए ।

प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै बानियाँले भने–‘तपाईँहरु अब निर्वाचनको तयारीमा जुट्नुहोस, अब स्थानीय तहको चुनाव हुन्छ। अब मुलुक चुनावमा गयो । कांग्रसका सबै कार्यकर्ताहरुलाई चुनावको लागि सक्रिय बनानुहोस । चुनावको विकल्प छैन् । समयमै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ । चुनाव भनेको त मुलुकको लागि अनिवार्य आवश्यकत्ता हो । जेठ ४ गते नै म स्थानीय तहको निर्वाचन गराने तयारीमा छु । ढिलोमा जेठ ७ गतेमा स्थानीय तहको निर्वाचन हुन्छ, तर त्योभन्दा पर जाँदैन ।’

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकोले निर्वाचन आचारसंहिता पनि नलागोस भनेर प्रधानमन्त्री देवाले जेठ ४ गते नै निर्वाचन गराउने तयारी गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्