Logo

मन्त्रालय थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग



काठमाडौं, १८ माघ । प्रमख प्रतिपक्षि दल नेकपा एमाले प्रदेश नम्बर १ कमिटीले मन्त्रालय थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गरेको छ। प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरी अनौचित्यपूर्ण तबरले गरिएको निर्णय तुरन्त फिर्ता लिन माग गरेका हुन् ।

मुलुकको ढुकुटीमा ब्रह्मलुट मच्चाउने, जनताको ढाड सेक्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने कार्य गरेको आरोप लगाउदै कमिटीले गठबन्धन सरकारका कलुसित निर्णयको तिव्र निन्दा र व्यापक विरोध जनाइएको विज्ञप्तिमा उल्लेख गरेको छ।

जनताको चाहना र प्रदेशको आवश्यकता विपरित प्रदेश १ को प्रदेश सरकार जनविरोधी, राष्ट्रिय हित विरोधी एवं संघीयता विरोधी गतिविधिमा निरन्तर लागिपरेको आरोप एमाले प्रदेश कमिटीले लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्