Logo

एमसीसीले एमाले फेरि फुट्नसक्ने



काठमाडौं, १८ माघ । नेकपा एमाले फेरि फुटको संघारमा पुगेको छ । एमालेका १० बुँदे पक्षधरहरु अध्यक्ष केपी शर्मा ओलीको तारोमा पर्दै जानुले विभाजनको रेखा कोरिइरहेको थियो । त्यसमाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसीले एमालेमा फेरि धाँजा फाटेको छ ।

एमसीसी पारित गर्ने पक्षमा केपी शर्मा ओली देखिएका छन् । तर, नेता डा. भीम रावल खुलेरै एमसीसीको विरोधमा छन् । उनले लिखित रुपमै ओलीको चर्को आलोचना गर्दै एमसीसीबारे दोहोरो चरित्र देखाएको आरोप लगाए । एमसीसीको पक्षमा उभिए कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

एमसीसी पारित गर्ने पक्षमा ओलीले निर्णय लिए पनि रावलले मतदान गर्ने सम्भावना कम छ । रावल निकट केही सांसदहरु पनि विद्रोहमा जान सक्छन् । यसले एमालेभित्र नयाँ विवाद जन्माइसकेको छ ।

एमसीसीले एमालेभित्र तिव्र ध्रुवीकरण बढेको छ । रावलले एमसीसी विरोधीको समूहको नेतृत्व गर्न थालिसकेका छन् ।

राष्ट्रियसभा चुनावमा हार्नुमा १० बुँदे पक्षधरको नकारात्मक र अन्तर्घाती भूमिकाका रुपमा ओलीले व्याख्या गरिसकेका छन् । यसले पनि विवाद बढेको छ ।

एमसीसीका पक्षमा एमाले उभिएमा विभाजन टार्न कठिन छ । रावलले ठूलै धक्का दिने तयारी समेत गरेको बुझिएको छ ।

नेकपा छँदै एमालेको निकटता चिनियाँ कम्युनिस्ट पार्टीसँग हुनु र चीन एमसीसीको विरोधमा भित्र भित्र लाग्नुले पनि असर देखिनथालेको छ । अब एमसीसी विरोधी कम्युनिस्ट शक्ति एक ठाउँमा उभिने अवस्था बनेबाट एमालेमा त्यसको असर देखिनसक्छ । जसका कारण विभाजनसम्म हुने अवस्था विकास भएको छ ।



प्रतिक्रिया दिनुहोस्