Logo

बाबुराम र भीम रावलबीच जुहारी : एक-अर्काले लगाए नक्कली पिएचडीको आरोप



काठमाडौं, १८ माघ । अमेरिकी सहयोग सम्झौता (एमसीसी) को विषयलाई लिएर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. भीम रावलबीच सामाजिक सञ्जालमै चर्काचर्की परेको छ । उनीहरुले क अर्कामाथि नक्कली पिएचडीको आरोपसमेत लगाएका छन् ।

बाबुरामले भीम रावलले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोलेको विषयमा टिप्पणी गर्दै नक्कली पिएचडी गरेको हो कि ? भन्दै प्रश्न उठाएका थिए । रावलले बाबुराममाथि गोप्य रुपमा एमसीसी सम्झौता गरेको आरोप लगाएपछि बाबुरामले पनि जवाफ फर्काएका थिए । उनले ट्विटरमा लेखेका छन्–’यी कण @BhimRawal179 ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन्!विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत/मिति/स्थान खुलाउनुपर्छ।उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको”हो भने कहिले,कहाॅ,कसरी खुलाउनुपर्दैन? कि यी नक्कली PhDहुन्?’

उता, रावलले आफूमाथि नक्कली पिएचडीको आरोप लगाएपछि ‘नक्कली पिएचडी सीमापारी हुने गरेको सधैं चर्चा हुन्छ, त्रि.वि.वि. बाट पिएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न’ भनेर जवाफ फर्काएका छन् ।

उनले लेखेका छन्–”बाबुरामजी प्रमं हुँदा २०६८ मा चुपचाप एमसीसीसंग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु ।त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्नसकिन्थ्यो तर जानकारीसम्म गराइएन।PhD नक्कली सीमापारी हुनेगरेको सधैं चर्चा हुन्छ, त्रि.वि.वि. बाट PhD कसैको नक्कली हुने चर्चा नै हुन्न।”



प्रतिक्रिया दिनुहोस्