Logo

विविधतायुक्त समाजले राष्ट्रिय एकतालाई सुदृढ बनाउन थप मद्दत पुग्छः राष्ट्रपति भण्डारी



काठमाडौं, माघ १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारबाट बृहत् राष्ट्रिय एकता थप सुदृढ बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

सोनाम ल्होछारको अवसरमा शुभकामना संदेश सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनेसमेत उनको विश्वास छ ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आज आ–आफ्नै शैली र परम्पराअनुसार सोनाम ल्होछार पर्व मनाउँदै आएका छन् । ल्होछारको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।



प्रतिक्रिया दिनुहोस्