Logo

प्रधानमन्त्री देउवाले जनतालाई नसोधी एमसीसी पारित गराउन सक्नुहुन्न : जगन्नाथ खतिवडा (भिडिओसहित)



काठमाडौं, १९ माघ । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले आजको अवस्थामा आफूहरु एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले अब एमसीसी संसद्मा भएका दलहरुको मात्रै विषय नभएको जिकिर गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले अब प्रधानमन्त्री शेरबहादुर देउवा एक्लैले एमसीसी पारित गराउन नसक्ने जिकिर गरेका छन् । उनले प्रधानमन्त्री देउवाले जनतालाई नसोधी एमसीसी पारित गराउन नसक्ने पनि दाबी गरेका छन् ।

नेता खतिवडाले एमसीसी सामान्य बहुमतले पास गर्न नसकिने जिकिर गरे । यसको लागि दुई तिहाई बहुमत आवश्यक पर्ने पनि उनको भनाई छ । उनले सामान्य बहुमतले एमसीसी पारित गरिए त्यो संविधानअनुसार नहने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्