Logo

एमसीसी पारित भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्नु हावादारी कुरा हो : प्रा.डा. लोकराज बराल (भिडिओसहित)



काठमाडौैं, १९ माघ । परराष्ट्रविद् प्रा.डा. लोकराज बरालले अमेरिकी सहयोग सम्झौता (एमसीसी) राष्ट्रघाती भनेर राजनीतिकरण गरिएको टिप्पणी गरेका छन् । उनले नेताहरुले जनतामा अनावश्यक भ्रम छर्ने काम गरेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बरालले नेपालमा अमेरिकाले आफ्नो सेना ल्याउन लागेको भन्नु हावादारी कुरा भएको टिप्पणी गरेका छन् ।

उनले भने,‘कहीँ नेपालमा अमेरिकी सेना आउँछ ? अमेरिकालाई आफ्नो प्रभाव पार्नुछ भने वा ईन्फ्ल्युन्स बढाउन उसले सेना नै ल्याउनुपर्छ र ? उसको कतिवटा हत्कण्डा छन्, उसको हजार वटा हत्कण्डा छन् । त्यत्रो ठूलो पावर छ । त्यसकारण त्यस्तो कुरा सोचेर हुँदैन्। अनुमानको कुरा गरेर हुँदैन् । भारतले पनि अमेरिकी सेना ल्याउन दिँदैन् ।’

उनले सबै देशको आफ्नो रणनीति रहेको सुनाए । अनुदानमा पनि राजनीतिक उद्देश्य हुने उनको भनाई छ । एमसीसी पारित भए नेपालमा अमेरिकी कानून हाबी हुन्छ भनिनु गलत भएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्