Logo

भारतमा कोरोना संक्रमणदर घट्दै, १ लाख ६७ हजार नयाँ संक्रमित थप



एजेन्सी, १९ माघ । भारतमा कोरोना संक्रमणदर घट्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६७ हजार संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको अनुसार यो अघिल्लो दिनको तुलनमा २० प्रतिशत कम हो । मंगलबार २ लाख ९ हजार नयाँ संक्रमित भेटिएका भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४ करोड १४ लाख पुगेको छ । केही दिन यता संक्रमितको संख्यामा कमि आएपनि मृत्यु हुनेको संख्या भने बढ्दै गइरहेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट १ हजार १ सय ९२ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्