Logo

जल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने



काठमाडौँ, १९ माघ । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँबराबरको आइपिओ निस्कासन गर्ने भएको छ । संस्थाले ५ लाख २२ हजार कित्ता आइपिओ माघ २१ गतेदेखि जारी गर्ने भएको हो ।

प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यका उक्त आइपीओ मध्ये ८ हजार कित्ता कर्मचारीहरु, २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणहरुले आवदेन दिन पाउनेभएका छन् ।

संस्थाको आइपिओमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आइपीओमा आवेदन दिन सकिनेछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot