Logo

बिल बिनाको १३ केजी चाँदी सहित पक्राउ



काठमाडौं, १९ माघ । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट बिल बिनाको करिब १३ केजी चाँदीको जस्तो देखिने सामान सहित एकजना पक्राउ परेका छन् ।

बारा सिम्रौनगढ नगरपालिका–८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार साहलाई उक्त सामान सहित फेला पारी पक्राउ गरेको प्ररहीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot