Logo

प्रिमियर इन्सुरेन्सको साधारण सभा शुक्रबार, लाभांश पारित गर्ने



काठमाडौं, १९ माघ । प्रिमियर इन्सुरेन्स कम्पनीले शुक्रबार माघ २१ गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरेको छ । माघ ४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्