Logo

संयुक्त विद्यार्थी संगठनद्धारा त्रिचन्द्र क्याम्पसमा तालाबन्दी



काठमाडौं, १९ माघ । संयुक्त विद्यार्थी संगठनले त्रिचन्द्र क्याम्पसमा अनिश्चित्कालिन तालाबन्दी गरेको छ । मंगलबार त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा संगठनले तालाबन्दी गरेको हो ।

संगठनले एक विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा अराजक संगठन शक्तिहरुले गुण्डागर्दी शैलीमा नेपालको नक्सामा संगठनको नाम र व्यक्तिको नाम अंकित गर्दै टाँसिएको बोर्ड र प्रवृत्तिप्रति घोर भत्सर्ना गरेको जनाएको छ ।

विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तीमा उक्त कार्यमा क्याम्पस प्रशासन नै मुकदर्शक बनि अराजक तत्व कै सेवामा लागेको हुनाले उक्त कार्य रोक्न तथा सच्याउन अनिश्चितकालका लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको उल्लेख गरिएको छ ।

गत मंगलबार (अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू ,अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी त्रिचन्द्र क्याम्पस कमिटीले त्रिचन्द्रमा तालाबन्दी गरेका हुन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot