Logo

गायिका निर्मला थापा मगरको ‘रिसकी भोरी’ सार्वजनिक



काठमाडौं, १९ माघ । गायिका निर्मला थापा मगरको ‘रिसकी भोरी’ लोकगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘रिसकी भोरी’ बोलको लोकगीतको भिडियो गायिका थापाले आफनो युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । ‘रिसकी भोरी’मा निर्मला थापा मगर र गणेश अधिकारीले स्वर दिएका छन् ।

त्यस्तै, गणेश अधिकारीको लय तथा शब्द रहेको गितमा महेन्द्र भण्डारीले एरेन्ज गरेका छन् । अधिकारीको शब्द संकलन रहेको यस गितमा अहिलेका युवायुवतीको माया प्रेमको दोहोरो सम्वाद रहेको छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’ले म्युजिक भिडियोको निर्देशन गरेकी छिन् ।

गितको म्युजिक भिडियोमा बबिन सिंह ठकुरी, रुबिना अधिकारी र वर्षा लम्सालको अभिनय रहेको छ । ‘गुरुआमा’ फिल्मस्ले बजारमा ल्याएको ‘रिसकी भोरीको छायाकंन भने सुरेश श्रेष्ठले गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot