काठमाडौं, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सह–सचिवमा चूडामणि कँडेल नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको नीजि सचिवालयमा कार्य गर्ने गरी बाँकेको कँडेलले उक्त जिम्मेवारी पाएका हुन् ।
यसअघि पनि उनले कांग्रेसका विभिन्न मन्त्रीको सचिवालयमा रहेर काम गरेका थिए। आफु प्रधानमन्त्री भएको ६ महिनापछि सचिवालयलाई पूर्णता दिने क्रममा प्रधानमन्त्री देउवाले आईटी विज्ञमा दिपेश विष्ट र भाषण तथा मन्तव्य विज्ञका रुपमा किरण गजुरेललाई नियुक्त गरेका छन्।