Logo

शहरी विकासमन्त्री झाँक्री एक्शनमा, धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाईन् (फोटोफिचर)



काठमाडौं, १९ माघ । शहरी विकास मन्त्री रामकुमारी झाँक्री एक्शनमा उत्रिएकी छिन् । उनले आज (बुधबार) धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाएकी छिन् । मन्त्री झाँक्रीले धोबीखोला करिडोरको वारीपारी सडकमा राखिएका निर्माण सामाग्री हटाएकी हुन् ।

धोबीखोला सरसफाइ गर्ने क्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुनासो गरेका थिए । स्थानीयको उक्त गुनासोपछि डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगटेर राखिएका निर्माण सामाग्री हटाईएको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्