Logo

आमाको हत्या गरी त्रीपालमा पोका पारी जलाउने छोरा



काठमाडौं, १९ माघ । जग्गाको लोभमा ९० वर्षीय आमाको घाँटी थिची हत्या अनि त्रीपालमा छोपी वनमा लगेर जलाउने छोरा । यो घटना मोरङको पथरीमा भएको हो ।

पथरी शनिश्चरे नगरपालिका २ जयचोकका ४८ वर्षीय कमल श्रेष्ठले आमाको हत्या गरी त्रीपालले बेरी साइकलमा राखी लगेर घाटमा जलाएको खुलेको छ । १२ माघको विहान ३ बजे हत्यापछि वनमा लगेर जलाएको बयानबारे प्रहरीले उल्लेख गरेको हो ।

कमल श्रेष्ठ जगमायाको ४ छोरामध्ये कान्छा थिए । उनी सधै विहान ३ बजे नै हिंड्थिन् । त्यस दिन पनि हिंड्न लाग्दा आफैले जन्माएको छोरा काल बनेर आए ।

कमल श्रेष्ठले बुवाको मृत्युपछि १५ कठ्ठा ९ धुर जल्ला आमा र दाजुहरुलाई थाहा नदिई पत्नीको नाममा पास गरेका थिए । आमालाई झुक्याएर यसो गरेपछि मुद्दा दायर भयो । आमाले ३ छोरालाई अन्याय गर्न मानिन् । अदालतले ५ कठ्ठा जग्गा आमाको नाममा रहनेगरी फैसला गरेको थियो ।

बाँकी रहेको १० कठ्ठा ९ धुर जग्गा पनि फुत्कने देखे । आमाले ती जग्गा पनि दाजुहरुलाई दिनसक्ने ठानेर हत्याको योजना बनाए ।

आमाको मर्निङ वाक जान ३ बजे निस्केको मौका पारेर योजनावद्ध तरिकाले हत्या गरे । त्यसपछि त्रिपालले छोपी साइकलमा लगी डेढ किलोमिटर टाढाको वनमा रहेको घाटमा जलाए । तायरमा राखेर आमालाई जलाएका थिए ।

हत्यापछि उनी हातमा जुत्ता लिएर हतार हतार हिडेका थिए । एक व्यक्तिले उनी हतारिएको देखेर सोध्दा मर्निङ वाक गरेको जवाफ दिए ।

अरुबेला मर्निङ वाकमा नदेखिने कमल त्यसदिन देखिए । त्यसमाथि उनी डराएका र हतारिएका देखिन्थे । त्यो नै प्रहरीका लागि क्लु बन्यो ।

कमल आफै आमा हराएको भन्दै प्रहरीमा उजूरी गर्न दाजुहरुसँग पुगेका थिए । उनले निवेदन पनि दिएका थिए । तर, उनीमाथि शंकाको सुई घुम्यो । अन्तमा प्रहरीले हत्याबारे पत्ता लगायो । कमलले जग्गा विवादमा आमाको हत्या गरी जलाएको बयान दिए ।



प्रतिक्रिया दिनुहोस्