Logo

जनसंख्या भन्दा धेरै बैंक खाता



काठमाडौं, माघ २० । देशको जनसंख्याभन्दा धेरै बैंक खाता संख्या देखिएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको छ। तर, बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेको संख्या भने तीन करोड ९४ लाख १२ हजार देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

कुल खातामध्ये तीन करोड ७० लाख हाराहारी निक्षेप र बाँकी कर्जा खाता हुन्। यी खाता बैंक तथा वित्तीय संस्थाका करिब ११ हजार शाखामार्फत खोलिएका हुन्। एक व्यक्तिले दुईभन्दा बढी खाता खोल्दा खाताको संख्या बढी देखिए पनि अझै कैयौं नागरिकले बैंक खाता खोल्न बाँकी रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot