Logo

क्यानडाले एक खेल जिते ३६ वर्षपछि विश्वकप फुटबलमा छनोट हुने



एजेन्सी, २० माघ । क्यानडा विश्वकप फुटबलको छनोट नजिक पुगेको छ । उत्तर अमेरिकी छनोट चरणमा अब एक खेल जितेमा क्यानडा सिधै छनोट हुनेछ ।

क्यानडाले एल साल्भाडोरलाई आज विहान भएको प्रतिष्पर्धामा २-० ले पराजित गरेर शिर्ष स्थान कायम राखेको छ । क्यानडाको २५ अंक छ । दोस्रो स्थानको अमेरिकाको २१ अंक छ ।

उत्तर अमेरिकाबाट ३ टोली सिधिै छनोट हुने व्यवस्था छ । एक टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्नुपर्ने हुन्छ ।

उत्तर अमेरिकाबाट छनोटको सम्भावना बोकेको टोलीमा अमेरिका, मेक्सिको, पानामा र कोस्टा रिका छन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot