Logo

भारतीय राष्ट्रिय क्रिकेट टोलीमा कोरोना प्रभावः चार खेलाडी सहित सात जनालाई संक्रमण



काठमाडौं, २० माघ । भारतीय राष्ट्रिय क्रिकेट टोलीका ४ खेलाडी सहित ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि घोषणा गरिएको टोलीका ४ खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

पूर्वकप्तान शिखर धवन, श्रेयस आयर, रुतुराज गायकवाड र नभदिप सैनीलाई कोरोना संक्रमण देखिएको क्रिकइन्फोले जनाएको छ ।

खेलाडीहरुमा संक्रमण देखिएपछि भारतीय टोली क्वारेन्टिनमा बसेको जनाइएको छ ।

भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय र ३ खेलको टी–२० सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय फेब्रुअरी ६ बाट सुरु हुनेछ भने टी–२० फेब्रुअरी १६ मा पहिलो टी–२० हुनेछ ।



प्रतिक्रिया दिनुहोस्