Logo

शमिताको जन्मदिनको पार्टीमा शिल्पाको ड्रेसले मच्चायो हंगामा



एजेन्सी,२० माघ । फिल्मबाहेक बलिउड स्टारहरू आफ्नो फेसन सेन्सका कारण पनि निकै चर्चामा छन् । बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु छन् जो आफ्नो फेसन र स्टाइलका कारण चर्चामा रहन्छन् । तर, कयौं पटक यी अभिनेत्रीहरु आफ्नो पहिरनका कारण उप्स मोमेन्टको सिकार हुने गरेका छन् । सुन्दर अभिनेत्री शिल्पा शेट्टीलाई पनि यस्तै भएको छ ।

वास्तवमा शिल्पा शेट्टीकी कान्छी बहिनी अभिनेत्री शमिता शेट्टीले बुधबार आफ्नो ४३औं जन्मदिन मनाइन् । यस अवसरमा शमिता शेट्टीको घर र पार्टीमा धेरै टिभी र बलिउड स्टार पुगेका थिए । शमिता शेट्टीको जन्मदिनको पार्टीमा दिदी शिल्पा शेट्टी पनि सहभागी हुन पुगेकी थिइन् । पार्टीमा उनी ओरेन्ज कलरको हाइ स्लिट ड्रेसमा देखिएकी थिइन् । यसै क्रममा शिल्पा शेट्टीले मिडियाको क्यामेरा अगाडि पोज दिएकी छिन् ।

पोज दिने क्रममा शिल्पा शेट्टी उप्स मोमेन्टको शिकार भइन् । क्यामेराको अगाडि पोज दिँदै उनको पोशाक तीव्ररुपमा हावामा उड्यो, जसका कारण अभिनेत्रीले उफ्फ पलको सामना गर्नुपरेको थियो। शिल्पा शेट्टीको यो भिडियो सेलिब्रेटी फोटोग्राफर विरल भयानीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन्, जुन अहिले तिब्र रुपमा भाइरल भइरहेको छ । उनको भिडियोलाई अभिनेत्रीका धेरै फ्यानले मन पराइरहेका छन् । जबकि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू शिल्पा शेट्टीलाई उप्स मोमेन्टको शिकार भएको भन्दै ट्रोल गरिरहेका छन्।

 



प्रतिक्रिया दिनुहोस्