Logo

एचआइडीसीएलले संस्थापक सेयर पुनः लिलामीमा ल्याउने



काठमाडौं, २० माघ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलामीमा ल्याउने भएको छ ।
आज माघ २० गते (बिहीबार) बसेको सञ्चालक समिति बैठकले यसअघि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक सेयर पुनः लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको हो । ‘लिलाम बढाबढ प्रक्रिया सम्बन्धी सूचना भने पछि प्रकासन गरिनेछ’, विज्ञप्तीमा भनिएको छ ।

एचआइडीसीएलले यसअघि असोज ७ गतेदेखि १४ गतेसम्म सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot