Logo

७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण राख्न वाणिज्य बैंकहरुलाई निर्देशन



काठमाडौँ, २० माघ । अबदेखि ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको वाणिज्य बैंकहरुले विवरण राख्न पर्ने भएको छ । अहिलेसम्म १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन ।

वाणिज्य बैंकहरुसँग राष्ट्र बैंकले ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको खातावालाको पूर्ण विवरण माग गरेको हो ।

राष्ट्र बैंकले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको हो त्यसको विवरण सबै पठाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ।

माघ २४ गतेसम्म उक्त विवरण पठाउन आग्रह गर्दै सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्