Logo

१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



मोरङ, २० माघ। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot