Logo

मैत्रीपूर्ण खेलपछि कप्तान चेम्जोङ माल्दिभ्स प्रस्थान



काठमाडौं, २० माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ माल्दिभ्स प्रस्थान गरेका छन् ।

किरण माल्दिभ्समा व्यवसायिक फुटबल खेल्न बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

किरणले माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलिरहेका छन् । उनी नेपाल र अफ्रिकी राष्ट्र मरिससबीचको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका थिए ।

किरणको कप्तानीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दुबै खेलमा जित निकालेको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा किरण पेनाल्टी रोक्न सफल भएका थिए ।

उनले माल्दिभ्समा खेलिरहेको ‘धिवेही प्रिमियर लिग’मा समेत शानदार प्रदर्शन गरिरहेका छन् । FilePhoto



प्रतिक्रिया दिनुहोस्