काठमाडौं, २० माघ । साताको कारोबारको अन्तिम दिन आज (बिहीबार) नेप्से परिसूचक दोहोरो अंकको घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन ०.५० प्रतिशतले घट्दै आज नेप्से परिसूचक १४.५८ अंकले घटेर २८७६.७५ को विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.२६ अंकले घटेर ५३९.६४ विन्दुमा झरेको छ ।
कूल २२४ वटा कम्पनीको एक करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा आज ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार एक सय ६२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ । हाइड्रोपावर र नन लाइफ इन्स्योरेन्स बढेको हो । आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।