Logo

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेपछि…



मोरङ, २० माघ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्