Logo

८ जना जुवाडे नगदसहित पक्राउ



दाङ, २० माघ । तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका–५ बैशा बस्ने निराजन मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–७ बस्ने ३२ वर्षीय वीर बहादुर रावत लगायत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot