काठमाडौं, २० माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौता संसदीय अनुमोदन रोक्न काम राष्ट्रको आर्थिक हितविपरित रहेको टिप्पणी गरेका छन् ।
महतले एमसीसीबारे अहिले गलत अर्थ लगाएर आलोचना गरिएको भन्दै गुनासो समेत पोखेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्-“MCC सहयोगको लागि अमेरिकासंग भएको compact संझौता बारे गलत अर्थ लगाएर आलोचना गरी संसदीय अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हित बिपरित हो।सैनिक संबन्ध एबं अमेरिकी कानुन नेपालमा लागुहुने भन्ने जस्ता आरोप पनि बिलकुलै असत्य!”
MCC सहयोगको लागि अमेरिकासंग भएको compact संझौता बारे गलत अर्थ लगाएर आलोचना गरी संसदीय अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हित बिपरित हो।सैनिक संबन्ध एबं अमेरिकी कानुन नेपालमा लागुहुने भन्ने जस्ता आरोप पनि बिलकुलै असत्य!
— Ram Sharan Mahat (@ramsmahat) February 3, 2022