Logo

चुनाव रोक्ने र एमसीसी थाती राख्ने प्रचण्डको प्रयास



काठमाडौं, २० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी संसदमा टेबुल हुनबाट रोक्ने प्रयास जारी राखेका छन् । उनले एमसीसी संशोधनविना पारित नगर्ने भन्दै यसलाई अलमलाउँदै थाती राख्ने अवस्था बनाउन खोजेका हुन् ।

प्रचण्डले आज पार्टीको कर्णाली प्रदेश समितिको अर्चुअल बैठकलाई सम्बोधन गर्दै एमसीसी रोक्ने प्रयासबारे खुलाएका हुन् । उनले एमसीसी संशोधनविना पारित नहुने प्रष्ट समेत पारे । एमसीसी संशोधनको सम्भावना कम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउन खोजेका छन् । तर, उनले पनि समस्या रहेको विषयबारे बुँदासहित मागेका छन् । यसरी प्रचण्डले एमसीसीबारे अलमल गर्दै लान खोजेका छन् ।

अर्को प्रसंगमा प्रचण्डले जेठमा स्थानीय चुनाव हुनेमा आशंका व्यक्त गरे । उनले असोजसम्म कार्यकाल रहेका स्थानीय तहका जनप्रतिनिधिले मुद्दा दायर गर्न सक्ने औल्याए । अदालतमा यो विषय विचाराधीन हुँदा चुनाव जेठमा हुन कठिन पर्नसक्ने समेत बताए ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डनिकट कानून व्यवसायीहरुले नै असोजसम्म कार्यकाल रहेका जनप्रतिनिधिलाई मुद्दा दायर गर्न लगाउने तयारी गरेका छन् । उनीहरुले पूरा कार्यकाल रहन पाउनुपर्ने भन्दै मुद्दा दायरको अग्रिम तयारी गरिसकेका छन् । यसले चुनाव प्रभावित गर्ने रणनीतिहरु बनाइएको छ ।

प्रचण्ड र माधव नेपाल स्थानीय चुनाव प्रतिनिधि सभा निर्वाचनभन्दा पछि या सँगै गर्न चाहन्छन् । यसकारण पनि चुनाव रोक्ने प्रयासहरु भइरहेका छन् ।

चुनाव रोक्न यी खेल



प्रतिक्रिया दिनुहोस्