काठमाडौं, २१ माघ । श्रीलंकाका टेस्ट क्रिकेट टिमका पूर्व कप्तान सुरंगा लकमलले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
फास्ट बलर लकमलले भारतविरुद्धको टेस्ट सिरिजपछि सन्यास लिने घोषणा गरेका हुन् ।
श्रीलंकाले बैंगलोरमा भारतविरुद्ध दुई खेलको टेस्ट तथा तीन खेलको टी–ट्वान्टी सिरिज खेल्ने तह भएको छ ।
३४ वर्षीय लकमलले श्रीलंकाका लागि ६८ टेस्ट, ८६ एकदिवसीय र ११ टी–२० अन्तराष्ट्रिय खेलेका छन् ।
भारतले वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय र ३ खेलको टी–२० सिरिज खेल्नेछ । त्यसको केहि दिन पछि श्रीलंकाले भारतविरुद्ध खेल्नेछ ।