Logo

आजदेखि जाल्पा लघुवित्तको आइपीओ सर्वसाधारणको लागि विक्री खुला



काठमाडौं, २१ माघ । आजदेखि जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शुक्रबार माघ २१ गतेदेखि १ सय रुपैयाँ अङ्कित दरमा ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ साधारण शेयर विक्री गर्दैछ ।

कम्पनीले जम्मा निस्कासन गर्ने शेयरमध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरु, सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता साधारण शेयर सर्वासाधारणलाई विक्री गर्ने जनाएको छ ।

कम्पनीको अनुसार यस आईपीओमा सर्वसाधारण लगानीकर्ताले ४ लाख ८७ हजार ९०० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा माघ २१ गते देखि माघ २५ गते सम्मआवेदन दिन सकिने छ । माघ २५ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेमा फागुन ६ गते सम्म समय थप गरिने कम्पनीले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्