Logo

प्रधानमन्त्री देउवालाई इतिहास रच्नेगरि काम गर्न राज्यमन्त्री उमेश श्रेष्ठको यस्तो सुझाव



काठमाडौं, २१ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका उमेश श्रेष्ठले वर्तमान सरकारले देश र जनताको हित हुनेगरि काम गरिरहेको बताएका छन् ।

उनले सरकार विषम परिस्थितिमा बनेकोले आजको भोलि नै विकासको कायापलट नहुने भएपनि दिर्घकालिन महत्वका काम वर्तमान सरकारले गरिरहेको दाबी गरेका छन् ।

मन्त्री श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवाको कामबाट प्रभावित छन् । प्रधानमन्त्री देउवा पार्टीभित्र र बाहिर दुवैतर्फ सबैलाई समेटेर अघि बढेका छन् । देउवा सरकार आएपछि संविधान र लोकतन्त्रलाई सही ट्रयाकमा ल्याईएको सरकार पक्षका नेताहरुको दाबी छ ।

प्रधानमन्त्री देउवाले पनि आफू सरकारको नेतृत्वमा आउनुपूर्व देशको अवस्था अत्यन्तै चिन्तित र, जनता डर र त्रासबाट गुज्रिरहेको भएपनि आफू सरकारको नेतृत्वमा आएपछि त्यो भय हराएको दाबी गर्ने गरेका छन् ।

प्रधानमन्त्री भएपछि संसद्मा सम्बोधन गर्दै देउवाले आफ्नो सरकारको पहिलो प्राथमिकता जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनु हुने बताएका थिए । नभन्दै उनले खोप अभियानलाई देशव्यापी रुपमा अघि बढाएका छन् ।

कोभिड महामारीकै बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुशल नेतृत्व गरिसकेका मन्त्री श्रेष्ठ भने प्रधानमन्त्री देउवाले ईतिहास रच्नेगरि काम गर्नुपर्ने सुझाव दिन्छन् ।

यो बीचमा उनले प्रधानमन्त्री देउवालाई भेटेरै ईतिहास रच्नेगरि काम गर्न सुझाव दिए । मन्त्री श्रेष्ठ प्रधानमन्त्री देउवालाई सफल बनानेगरि आफ्नो भूमिकामा खरो उत्रिएका छन् । मन्त्री श्रेष्ठले प्रधानमन्त्री देउवालाई आर्थिक रुपमा देशलाई समृद्ध बनाउनेगरि केही महत्वपूर्ण पहलकदमी लिनपनि सुझाव दिएका छन् ।

पार्टीभित्र अन्याय र ओझेलमा परेका पूराना नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिनपनि उनले प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् । महत्वपूर्ण निर्णय लिँदा पार्टीभित्र सबैसँग सल्लाह गर्ने र तत्काल निर्णय लिनुपर्ने पनि उनको अर्को सुझाव थियो ।

आफ्नो सचिवालय चुस्त दुरुस्त राख्ने र सबै किसिमका गुनासोको सम्बोधन गर्नेगरि तत्काल एक्शन लिन पनि उनले आग्रह गरेका थिए । देशमै युवाहरुलाई रोजगारी सिर्जना गर्नेगरि उद्योग, कलकारखाना स्थापना गर्नुपर्ने उनको भनाई थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot